गोरखा भुपु सैनिक : सामाजिक सुरक्षा भत्ताको माग गर्दै ध्यानाकर्षण – Satabdi News

गोरखा भुपु सैनिक : सामाजिक सुरक्षा भत्ताको माग गर्दै ध्यानाकर्षण

धिरज विष्ट
श्रावण ११, दार्चुला । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति दार्चुलाले जिल्ला प्रशासन कार्यालय दाचुला मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गर्दा भूतपूर्व सैनिक दोहोरो मारमा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौँलाई ज्ञापन पत्र बुझाईएको हो ।

ज्ञापन पत्रमा नेपालको आर्थिक आयआर्जन उँकास्ने (रेमिट्यान्स) मार्फत ठूलो सहयोग हुदै आएकोमा नेपाली नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्दा अन्य नागरिकलाई भन्दा हामीलाई विभेद गरेको अनुभूति भएको उल्लेख गरिएको छ । “विदेशमा आफ्नो जीवनको बाजी थापि परिवार र देशको लागि आर्थिक आय आर्जन रेमिट्यान्स भित्र्याउन यो समुहले ठूूलो आर्थिक भार थेगेको सर्ववितितै छ । विदेशिनु रहर होइन् बाध्यता हो । हामीलाई राज्यद्धारा दोस्रो दर्जाको नागरिक अर्थात अनागरिक सरह व्यवहार गर्नु खेद जनक छ, सचिव अम्भादत्त भट्ट र कार्यवाहक अध्यक्ष कल्यान सिंह कुवरद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ । ”

ज्ञापन पत्रमा भूपू सैनिकको सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन आवश्यक पहल गरि विभेदकारी निर्णय तुरुन्त फिर्ता लिन अनुरोध गरिएको छ । विभेदकारी निर्णय फिर्ता नलिए नेपाल भूतपुर्व सैनिक संघ दार्चुला जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिईएको छ ।

ऐनमा गरिएको व्यवस्थाअनुसार नेपाल सरकारबाट मात्रै नभई कुनै पनि ठाउँबाट कुनै पनि सुविधा लिएको व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । तर, सैनिक संघले सरकारको निर्णय विभेदकारी र संविधानको बर्खिलाप भएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गोरखा भुपु सैनिक : सामाजिक सुरक्षा भत्ताको माग ..." A few seconds ago

सम्बन्धित खवर