श्रावण १२, काठमाडौं । सोमबार कोरोनाका १ सय ३९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो सहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।
हालसम्म १३ हजार ७ सय ५४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ ।
अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन् । हालसम्म मृतक ४८ जनामा कोरोनाभाइरस देखिएको छ ।