दुवै खुट्टा गुमाएका वसन्त मगरलाई युकेनिवासी नेपालीहरुकाे आर्थिक सहयाेग – Satabdi News

दुवै खुट्टा गुमाएका वसन्त मगरलाई युकेनिवासी नेपालीहरुकाे आर्थिक सहयाेग

श्रावण ११, बेलबारी । ब्लड जम्ने समस्याबाट दुवै खुट्टा गुमाएका वसन्त मगरलाई युके निवासी नेपाली समुदायले आर्थिक सहयाेग प्रदान गरेकाे छ । लेटाङ नगरपालिका ४, गुम्बालाईन मिलन टाेलमा काेठा भाडा लिएर बसेका मगरलाई शनिवार साे रकम हस्तान्तरण गरिएकाे हाे ।
ईलाम माईनगरपालिका ८, कलकत्तेका स्थायी वासीन्दा मगर केही वर्षदेखि लेटाङमा काेठा भाडामा लिएर श्रीमती ३ छाेराहरुका साथ बस्दै आएका छन् । युके निवासी लाेकेन्द्र तबेबुङ, दिलसिंह मेन्याङवाे, नरेन्द्र मावाेहाङ लगायतकाे नेतृत्वमा ८८ जना युके निवासी व्यक्तित्वहरुबाट संकलित २ लाख ११ हजार १ सय ३३ रुपैया रकम सहयाेग प्रदान गरिएकाे थियाे ।
रकम हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ताहरु केदार धिमाल, मातृका धिमाल, याेवाहाङ लिम्बू, जेनितहाङ लिम्बू लगायतकाे उपस्थिति रहेकाे थियाे । उपचारकै क्रममा पुर्ख्याैली सम्पत्ती सकिएकाे मगरकाे २०७२ असार १५ मा बायाँ खुटा र २०७६ फागुनमा दाया खुट्टा काट्नु परेकाे थियाे । ३९ वर्षिय मगर हाल विभिन्न दाताहरुवाट आएकाे रकमबाट ओैषधी उपचार र जिविकाेपार्जन गर्दै आएका छन् ।
हाल आएर उनलाई मुटु, किड्नि र फाेक्साेमा ईन्फेक्सन भएपछि लगातार अस्पताल धाउनु परिरहेकाे छ । त्यसमाथि ८ बर्षिय कान्छा छाेरालाई थाईराईडकाे अप्रेसन गर्नु पर्ने अवस्था आएपछि थप आर्थिक संकटकाे अवस्था आईलागेकाे छ ।श्रीमती, ३ भाइ छाेरा, १ बहिनी छाेरी रहेकाे मगरकाे छाेरिकाे भने विवाह भईसकेकाे छ ।
नाबालक ३ भाइ छाेराका साथ श्रीमतिका साथ काेठा भाडा लिएर जेनतेन गुजारा गरि बस्दै आएका उनले छाेरा र आफ्नाे उपचारका लागि आर्थिक सहयाेगकाे अपेक्षा गरेका छन् भने सहयाेगी युके बासी नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
सहयोगी महानुभावहरुको नामावलीः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दुवै खुट्टा गुमाएका वसन्त मगरलाई युकेनिवासी नेप..." A few seconds ago

सम्बन्धित खवर