उचित मुआब्जाको माग सहित नगर स्तरीय रेलमार्ग संघर्ष समिति गठन – Satabdi News

उचित मुआब्जाको माग सहित नगर स्तरीय रेलमार्ग संघर्ष समिति गठन

श्रावण ११, मोरङ । काकडर्भिट्टा- ईनरुवा रेलमार्ग निर्माण हुने भएपछि बेलबारी नगर स्तरिय संघर्ष समिति गठन गरेका छन् । पुर्व पश्चिम रेलमार्ग निर्माण हुने भएपछि आफुले उपभोग गर्दै आएको जग्गाको सहि मुल्य दिनु पर्ने उदेश्य सहित नगर स्तरीय संघर्ष समिति गठन भएको हो ।

जनताले सदियौं बर्ष देखि उपभोग गर्दै आएको जमिनमा रेलमार्ग बन्न लागेको हो । साबिक बेलबारी रेलमार्ग संघर्ष समितिले असार देखि नै आफ्नो मुआब्जाका लागि सम्बन्धित निकायमा कुरा भएता पनि कुनै चासो र गम्भीरता नदेखिएको पाईएको छ ।

समितिले सरकारको ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ र बेलबारी नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएको हो । साबिक बेलबारी रेलमार्ग संघर्ष समितिका अध्यक्ष चन्द्रकुमार सुब्बा, सचिव नगेन्द्र कार्की सहित १७ सदस्यीय संघर्ष समिति रहेको थियो ।

हाल सम्म साबिक बेलबारीले मात्र नभएपछि नगर स्तरीय संघर्ष समिति गठन गरिएको चन्द्र सुब्बाले शताब्दी न्युजलाई बताए । हाल रेलमार्गबाट प्रभावित हुनेहरुमा बेलबारी न.पा वडा नं ३,४, ८, ९, १० का जनता रहेका छन् । समिति गठन कार्यक्रममा सबै वडाका संघर्ष समितिका अध्यक्षहरुले आ-आफ्नो कुराहरु राखेका थिए । कार्यक्रम बेलबारी वडा नं ४ ईमानसिङ चोकमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उचित मुआब्जाको माग सहित नगर स्तरीय रेलमार्ग संघ..." A few seconds ago

सम्बन्धित खवर