मोरङमा सिडिओ निरौला – Satabdi News

मोरङमा सिडिओ निरौला

श्रावण १२, विराटनगर । मोरङको प्रमुख जिल्ला अधिकारीमा कोषहरि निरौला आएका छन् । गृहमन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा धनुषाका प्रजिअ कोषहरि निरौलालाई सरुवा गरेर पठाएको हो ।

मोरङका प्रजिअ मदन भूजेललाई बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको छ । गृहमन्त्रालयको शुक्रवारको निर्णय अनुसार निरौला यहाँ आउन लागेका हुन् ।

इलाम, नुवाकोटको प्रजिअ भएर काम गरिसकेका उनी लामो समय गृहमन्त्रालयमा कार्यरत थिए । निरौलाको गत बर्ष धनुषा सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङमा सिडिओ निरौला" A few seconds ago

सम्बन्धित खवर