नेपाली बजारमा सुनको प्रति तोला मूल्य ९० हजार नाग्यो

असार ७, बेलबारी । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो । आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च

सरकार चीनको इसारामा लागेर जनतालाई दु:ख नदिन कांग्रेस नेता उमेश खत्री आग्रह

धिरज बिष्ट असार ७, दार्चुला । कोभिड महामारीले आक्रान्त भएको बेला आज सुदुरपशिमको दार्चुला जिल्ला बासीले कम्युनिस्ट ओलि सरकारलाई चिनिया इसारामा नलाग्न खबरदारी गरेका छन । कोभिड–१९को महामारीले देश आक्रान्त भएको बेला कम्युनिस्ट सरकार आबश्यक पिसिआर र स्वास्थसामाग्रीको व्यवस्थापन गर्न छोडेर सरकार ब्यापक भ्रस्टाचार अनियमिततामा लागेको भन्दै दार्चुलाका जनताले चिन्ता

झापामा एक बालिका सहित तीन जनामा कोरोना संक्रमण पुष्टि

असार ७, अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा एक बालिकासहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको विहारबाट काँकरभिट्टा नाका हुदै जेठ २७ गते आएका दुई वर्षीया बालिका सहित २२ बर्षीय एक महिला र २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ ।

बाबुरामलाई सम्झदै प्रचण्ड!

नीति, कार्ययोजना र रणनीति बनाउने भिजन भएका सहकर्मी नहुँदा प्रचण्डका निर्णय परिपक्व हुन सकेका छैनन् । नेपालको राजनीतिमा डा बाबुराम भट्टराई त्यस्ता नेता हुन, जसले विश्वको राजनीतिका बहुआयामको बारेमा अध्ययन गरेका छन् । तत्कालिन माओवादीले १० वर्षे जनयुद्ध त्यागेर बृहद शान्ति सम्झौता गरेपछि पहिलो पटक २०६४ सालमा भएको पहिलो संविधानसभा

सकुम्बासी ब्यवस्थापन संघको वडा कमिटी गठन

नरेश क्षितिज असार ७, धरान । जनता समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान उपमहानगरसमितिद्वारा आयोजित एक भेलाले डेविट मोहोतेको अध्यक्षतामा १५ नं वडा कमिटी गठन गरेको छ । संघका धरान उपमहानगर समिति अध्यक्ष छत्रबहादुर विश्वकर्माको अध्यक्षता र संघका केन्द्रीय ईन्चार्ज दिपक मेयाङ्बोको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले अध्यक्ष

युवा व्यवसायी गोविन्द बूढाले क्वारेन्टीनमा बस्नेहरुलाई खाजाको व्यवस्था गर्दै

असार ६, कैलाली । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वार्ड ९ का युवा व्यवसायी गोविन्द बुढाले घोडाघोडी नगरपालिकाका वार्ड ९ र २ मा रहेका कोरोन्टाईनमा रहेका ७१ जनालाई खाजाको व्यवस्था गरेको घोडाघोडी नगरपालिका वार्ड १ समाजसेवी राजेस हमाल जानकारी दिएका छ्न । घोडाघोडी नगरपालिका वार्ड १ समाजसेवी राजेस हमालको पहलमा युवा

एउटै रुखमा देवर भाउजु झुन्डिएको अवस्थामा फेला

असार ६, इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ स्थित टोड्केमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन् । उनीहरु एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका

बेलबारी नगर प्रमुख सुवेदी र उप–प्रमुख पराजुली कृषकको खेतबारीमा

असार ६, बेलबारी । बेलबारी नगर प्रमुख ज्ञानेन्द सुवेदी र उप-प्रमुख ढाका कुमारी पराजुली शुक्रवार कृषकको बारीमा पुगेका छन् । बेलबारी नगरपालिकाले वडा– ४ मा कृषक पाठशाला मार्फत २५ जना भन्दा बढी महिलालाई ब्याबसायिक तरकारी खेती गर्न सिकाए संगै आर्थिक तथा प्राविधिक सहयोगमा महिलाहरुले करेला खेति गरीरहेका छन । नगर

चिन र भारतको बिच हिंसक झडप चिनको सेनाले गरे २० भारतीय सेनाको हत्या

असार ३, बुधबार । लद्दाखको गलवान उपत्याकामा सोमबार राति ४ घन्टासम्म दुई देशका सेनाबीझ हिंसक झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन । दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा यो ठूलो हताहत भएको बुझिएको छ । यस क्रममा

रुकुम नरसंहार र जातिय आधारित विभेद विरुद्ध सडकमा नेता र कलाकार

असार २, किर्तिपुर । रुकुम पश्चिममा भएको नवराज विक सहित पाच जनाको सामुहिक हत्या र देशभरि भइरहेको दलित समुदाय माथि हत्या तथा जातिय विभेद विरुद्ध साङ्केतिक विरोध स्वरुप आज किर्तिपुरको लोकतान्त्रिक चोकमा नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्टिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा सडकमा नेता र कलाकार संगसगै