नरेश क्षितिज
असार ७, धरान । जनता समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान उपमहानगरसमितिद्वारा आयोजित एक भेलाले डेविट मोहोतेको अध्यक्षतामा १५ नं वडा कमिटी गठन गरेको छ ।
संघका धरान उपमहानगर समिति अध्यक्ष छत्रबहादुर विश्वकर्माको अध्यक्षता र संघका केन्द्रीय ईन्चार्ज दिपक मेयाङ्बोको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले अध्यक्ष मोहोते सहित ९ सदस्यीय कमिटी गठन गरेको हो । समितिका सचिवमा गणेश रामदाम, कोषाध्यक्षमा लिला घिमिरे, सदस्यहरुमा ईन्दिरा राई, शान्ति बयलकोटी, रविना थापामगर, होम बहादुर तिरुवा, लालबहादुर विश्वकर्मा र तारा शंकर रहेका छन ।
प्रमुख अतिथी दिपक मेन्याङ्बोले अझै पनि राज्यले सुकुम्बासीलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने गरेको र अब त्यो अवस्थाबाट मुक्ति पाउन सम्पूर्ण सुकुम्बासीहरु एक हुनुको विकल्प नरहेको बताउँदै कार्य समितिका सम्पूर्णलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए भने कार्यक्रम संचालन संघका धरान उपमहानगर समितिका सचिव पूर्ण बान्तवाले गरेका थिए ।
धरान- १५ स्थित बगरकोटमा भएको सो कार्यक्रममा जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य कृष्ण लिम्बू, शिल्पी विशेष समिति प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज, सचिव शशीकुमार विश्वकर्मा, पार्टीका धरान उपमहानगर समिति अध्यक्ष ताजुवकुमार लिम्बू, संघका सुनसरी जिल्ला अध्यक्ष महेशचन्द्र राजवंशी, पार्टीका १५ नं वडाध्यक्ष हरिकुमार राई, उपाध्यक्ष डिल्ली विक, ५ नं वडाध्यक्ष बिर्खमान राई, संघकी धरान उपमहानगर समिति सदस्य भीमा गिरी, कमल लोहार लगायतको उपस्थिति रहेको थियो ।
उक्त भेलालाई संघका सुनसरी अध्यक्ष राजवंशी, पार्टीका धरान अध्यक्ष ताजुवकुमार लिम्बू, विशेष समिति प्रदेश १ सचिव शशीकुमार विश्वकर्माले सम्वोधन गर्दै नवगठित समितिलाई शुभकामना समेत दिएका थिए ।