सरकार चीनको इसारामा लागेर जनतालाई दु:ख नदिन कांग्रेस नेता उमेश खत्री आग्रह – Satabdi News

सरकार चीनको इसारामा लागेर जनतालाई दु:ख नदिन कांग्रेस नेता उमेश खत्री आग्रह

धिरज बिष्ट
असार ७, दार्चुला ।
कोभिड महामारीले आक्रान्त भएको बेला आज सुदुरपशिमको दार्चुला जिल्ला बासीले कम्युनिस्ट ओलि सरकारलाई चिनिया इसारामा नलाग्न खबरदारी गरेका छन ।

कोभिड–१९को महामारीले देश आक्रान्त भएको बेला कम्युनिस्ट सरकार आबश्यक पिसिआर र स्वास्थसामाग्रीको व्यवस्थापन गर्न छोडेर सरकार ब्यापक भ्रस्टाचार अनियमिततामा लागेको भन्दै दार्चुलाका जनताले चिन्ता व्यक्त गरेका छन । सरकारले कोभिड–१९ महामारीको रोकथाम भन्दा पनि जनता माथी कम्युनिस्ट तानाशाही एकदलीय सर्बसत्ताबाद थोपर्न खोजेको भन्दै कांग्रेसका युवा नेता उमेश खत्रीले आरोप लगाएका हो ।

ओलि सरकार चीनको इसारामा लागेर जनतालाई दु ख दिने काम गरेको बिरोध सभाका बोल्दै नेपाली कांग्रेस जिल्ला सचिब हरक बिस्ट, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेता उमेश सिंह खत्री, नेपाल दलित संघ जिल्ला अध्यक्ष सन्तोस दयाली, दलित आयोगका पुर्ब सदस्य प्रदेसी सुनार, तरुण दल अध्यक्ष सुरेन्द्र बहादुर बम विद्यार्थी नेता दिपक खाती र सुरज जोशीले आफ्नो आफ्नो धारण राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले आफ्नो धारण राख्ने क्रममा सरकार समयमा नसुधरे आगामी दिन सरकार विरुद्ध सशक्त बिरोध कार्यक्रम गर्ने चेतावनी दिएका छन । रुकुम घटनाका हत्या गरिएका नबराज बिक लगायत अन्य सबैले न्याय पाउनु पर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरकार चीनको इसारामा लागेर जनतालाई दु:ख नदिन कां..." A few seconds ago

सम्बन्धित खवर