प्रदेश १ मा आईतबार मात्र थप १५ जनामा कोरोना संक्रमित – Satabdi News

प्रदेश १ मा आईतबार मात्र थप १५ जनामा कोरोना संक्रमित

असार ७, बेलबारी । प्रदेश १ मा आइतबार मात्र थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ६, उदयपुरमा ५, सुनसरीमा २, मोरङमा २ गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ४ जना र कोशी अस्पताल प्रयोगशालामा ११ जना रिपोर्ट पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय प्रवक्ता डा सुरेश मेहताले जनाएको छ । सुनसरीमा २ जना, झापामा ६ जना, मोरङमा २ जना र उदयपुरमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

उदयपुरको कटारीमा १, उदयपुरगढीमा २, त्रियुगामा २, सुनसरीको बर्जुमा १, कोशी गाउँपालिकामा १, झापाको अर्जुनधारामा ३, कनकाई नगरपालिकामा १ र मेचीनगरमा २ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक महिला र एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश १ मा आईतबार मात्र थप १५ जनामा कोरोना संक..." A few seconds ago

सम्बन्धित खवर