एउटै रुखमा देवर भाउजु झुन्डिएको अवस्थामा फेला – Satabdi News

एउटै रुखमा देवर भाउजु झुन्डिएको अवस्थामा फेला

असार ६, इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ स्थित टोड्केमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन् ।

उनीहरु एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका घटनास्थल पुगेको मंगलबारे स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकिशोर साह तेलीले जानकारी दिए ।

शुक्रबार बिहान कसैलाइ नसोधी घरबाट निस्केका देवर भाउजु बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा घरदेखि करिव ७ सय मिटर टाँडा दारजातको रुखको एउटै हांँगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला पारिएको भनि आफन्तले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली तत्कालै घटनास्थल पुगेको हो। इन्सपेक्टर साहका अनुसार उनीहरू सहोदर देवर–भाउजु हुन् । दुवै विवाहित हुन् । भाउजुको पति रोजगारीका लागि विदेशमा छन् ।

शुक्रबार राति नै मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि पाँचथरको रविस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको इन्सपेक्टर साहले बताए । उनले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै जस्तो देखिएको तर थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एउटै रुखमा देवर भाउजु झुन्डिएको अवस्थामा फेला" A few seconds ago

सम्बन्धित खवर