युवा व्यवसायी गोविन्द बूढाले क्वारेन्टीनमा बस्नेहरुलाई खाजाको व्यवस्था गर्दै – Satabdi News

युवा व्यवसायी गोविन्द बूढाले क्वारेन्टीनमा बस्नेहरुलाई खाजाको व्यवस्था गर्दै

असार ६, कैलाली । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वार्ड ९ का युवा व्यवसायी गोविन्द बुढाले घोडाघोडी नगरपालिकाका वार्ड ९ र २ मा रहेका कोरोन्टाईनमा रहेका ७१ जनालाई खाजाको व्यवस्था गरेको घोडाघोडी नगरपालिका वार्ड १ समाजसेवी राजेस हमाल जानकारी दिएका छ्न । घोडाघोडी नगरपालिका वार्ड १ समाजसेवी राजेस हमालको पहलमा युवा व्यवसायी बुढाले खसिको मासु र चिउराको व्यवस्था गरेको बताए ।

कोरोन्टाइनमा बसेको १०/१३ दिन भएको र नगरपालिकाले राम्रो खाना समेत नदिएको अवस्थामा मासु र चिउरा खुवाएको लागि सहयोग गरेको युवा व्यवसायी बुढाले बताए।

विश्व नै कोरोना महामारीले आतंकित भैरहेको बेला एक अर्कालाई सहयोग गर्नु नै मानवता हो हामी सबै आम नागरिक हरुले लकडाउनको पालना गरेर सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

महामारीले भन्दा लकडाउनका कारण खाना खानपाएर मान्छेले ज्यान गुमाउन अवस्था आउने युवा व्यवसायी बुढाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युवा व्यवसायी गोविन्द बूढाले क्वारेन्टीनमा बस्न..." A few seconds ago

सम्बन्धित खवर