सवारी साधन खरिदको लागि छुटाएको रकम ऐम्बुलेन्स किन्दै मालिकार्जुन गाउँपालिका – Satabdi News

सवारी साधन खरिदको लागि छुटाएको रकम ऐम्बुलेन्स किन्दै मालिकार्जुन गाउँपालिका

अध्यक्ष नरेन्द्रसिंह धामी

धिरज बिष्ट
असार ७, दार्चुला ।
मालिकार्जुन गाउँपालिकाले ३० लाखमा दुई ओटा एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको छ । सवारी साधन खरीदका लागि छुट्याएको ७० लाख मध्ये ३० लाखले एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको हो ।

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले, “कोरोना भाईरसले विश्वमा महामारी रुपमा लिईरहेका बेला बिरामीहरुलाई सहज होस भन्ने हेतुले सवारी साधन खरीदका लागि विनियोजन गरेको रकमबाट एम्बुलेन्स खरीद गर्ने निर्णय भएको र सवारी साधन भन्दा पनि जनताको अहिलेको आवस्यकता एम्बुलेन्स भएको बताए ।” सवारी साधनको लागि छुट्याएको ७० लाख मध्ये ३० लाखको एम्बुलेन्स खरिद गरिने र बाकी ४० लाख कोरोना कोषमा राख्ने निर्णय समेत भएको गाउँपालिका अध्यक्ष धामिले बताए् ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गाउँपालिकाले कोरोनाबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउँदै आएको अध्यक्ष धामीले जानकारी दिएका छन् । पीसीआर मेसिन खरीदका लागि कोरोना नियन्त्रणको बाट मालिकार्जुन गाउँपालिकाले ३० लाख रुपैंया उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

दार्चुलाका सबै स्थानीय तहहरु मिलेर पीसीआर मेसिन खरीद गर्ने तयारी गरेकाले गाउँपालिकाका तर्फबाट ३० लाख विनियोजन गरेको अध्यक्ष धामीले जानकारी दिएका छन् । केही दिन अघि बसेको जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दार्चुलामा पीसीआर मेसिन खरीद गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सवारी साधन खरिदको लागि छुटाएको रकम ऐम्बुलेन्स क..." A few seconds ago

सम्बन्धित खवर