झापामा एक बालिका सहित तीन जनामा कोरोना संक्रमण पुष्टि – Satabdi News

झापामा एक बालिका सहित तीन जनामा कोरोना संक्रमण पुष्टि

असार ७, अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा एक बालिकासहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतको विहारबाट काँकरभिट्टा नाका हुदै जेठ २७ गते आएका दुई वर्षीया बालिका सहित २२ बर्षीय एक महिला र २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ ।

गत जेठ ३ गते सत्ताईस जनाको स्वाब संकलन गरिएकोमा चौबिस जनामा नेगेटिभ र तीन जनामा पोजेटिभ देखिएको छ ।

२४ जनाको रिपोर्ट शनिबार नै आए पनि तीन जनाको पीसीआर परीक्षणमा शंका लागेपछि पुनः परीक्षण गर्दा आइतबार मात्र रिपोर्ट पोजेटिभ आएको बताइएको छ । यो सँगै अर्जुनधाराका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस अघि यसै क्वारेन्टिनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झापामा एक बालिका सहित तीन जनामा कोरोना संक्रमण ..." A few seconds ago

सम्बन्धित खवर