आजदेखि विराटनगरमा कोरोना भाइरसको स्वाब परीक्षण सुचारु

२८,चैत विराटनगर । शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि सुरु हुने भएको छ ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै  कोशी अस्पताल विराटनगरले आजबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण सुरु गर्ने जानकारी दिए । यस अस्पतालमा दैनिक करिब ९६

जापानले आफ्नो नागरिकलाई आज साझ ८ बजे लाने तयारी

चैत २८, काठमाडौ ।  जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । विमान साँझ ८ बजे नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ । कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लक डाउनका कारण

लुम्बिनी अस्पतालका ५ चिकित्सक बर्खास्त

चैत २७, काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विना जानकारी अनुपस्थित हुने ५ जना चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सकहरु अस्पतालमा जानकारी नदिई करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिएका छन  । यसरी

बेलबारी १ बस्ने २२ बर्षीय युवतीको कोरोना नेगेटिभ देखियो

२६ चैत, बेलबारी । बेलबारी वडा नं १ मा बस्ने २२ वर्षीय युवतीलाई कोरोना भाईरस नेगेटिभ देखिएको छ । उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । ज्वारो र रुगामर्गी लागेपछि उनलाई नगरपालिकाको सहयोगमा उपचारको लागि धरान लगिएको थियो । उनी गत ६ गते मात्र बहराइनबाट

निलो नम्बर प्लेट गाडीमा थर्मल-गन बेच्दा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक अग्रवाल पक्राउ

कूटनीतिक नियोगको निलो नम्बर प्लेट गाडीमा थर्मल-गन विक्री गर्दै हिँडेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। अग्रवालले ३ हजार मूल्य पर्ने थर्मल गन लक् डाउनको फाइदा उठाउदै १५ हजार रुपैयाँमा बेचीरहेको भन्ने गोप्य सुचनाको आधारमा अग्रवाल संग प्रहरीले मेडिकल टिम बनेर १०० थान थर्मल गन खरिद गर्ने

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिँदा ज्यान गुमाए ५० लाख दिने

२५ चैत, विराटनगर । कोरोना संक्रमितको उपचारमा खटिँदा कसैले ज्यान गुमाए उनको परिवारलाई १ नं प्रदेश सरकारद्वारा नेपाल ५० लाख उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मी सहित कर्मचारीका परिवारलाई रु ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो

ज्यालामजदुरी गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण

२५ चैत, बेलबारी । बेलबारी वडा नं. ४ स्थित हिमाली टोलमा हिमाली टोल विकास समितिले बेलबारी  नगरपालिकाको सहयोगमा ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । मंगलबार बेलबारी वडा नं. ४ स्थित हिमाली टोल विकास समितिले बेलबारी नगरपालिका र वाड कार्यालयसँगको समन्वयमा ४५ घर परिवारलाई खाद्यान्न सामग्री वितरण

लकडाउनको समयमा “दूध ढुवानी सेवा“ टाँसेर अवैध मदिरा ओसारपोसार

२५ चैैत, मकवानपुर : ‘दूध ढुवानी सेवा’ टाँसेर अवैध मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले टेम्पोलाई नियन्त्रणमा लिएको छ। लकडाउनको बेला मंगलबार बिहान ६ बजेतिर मकवानपुर-२ चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को टेम्पोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। उक्त टेम्पो चेक गर्दा अवैध

“ सुन्दरहरैचा विपत तथा राहत कोष ” मा सुकुना प्रध्यापक संघको सहयोग

२५ चैत, सुन्दरहरैचा । सुकुना बहुमुखी क्याम्पसमा रहेको प्रध्यापक संघले सुन्दरहरैचा नगरपालिकाको '' विपत तथा राहत कोषमा '' रकम  सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट उत्पन्न महामारीको कारण परिस्थितिको सामना गर्न सुन्दरहरैँचा नगरपालिकाले अाफ्नो भूमिकालाई सशक्त बनाईरहेको हो । सुकुना बहुमुखी क्याम्पसको प्रध्यापक संघको तर्फबाट क्याम्पस प्रमुखले

दुई साता थप चुनौति पूर्ण रहने ;– प्रधानमन्त्री ओली

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आउने दुई साता थप चुनौतिपूर्ण रहने बताएका छन्। यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभएर समुदायमा फैलिने उच्च जोखिमको अवधि भएकाले चुनौति पूर्ण हुने बताएका हुन् । देशमा महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास केन्द्रित