आजदेखि विराटनगरमा कोरोना भाइरसको स्वाब परीक्षण सुचारु – Satabdi News

आजदेखि विराटनगरमा कोरोना भाइरसको स्वाब परीक्षण सुचारु

२८,चैत विराटनगर । शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि सुरु हुने भएको छ ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै  कोशी अस्पताल विराटनगरले आजबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण सुरु गर्ने जानकारी दिए । यस अस्पतालमा दैनिक करिब ९६ जनाको नमूना संकलन गर्न सक्ने क्षमता रहेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी, धरानमा  दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ । परीक्षण आरम्भका लागि काठमाडौंस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट बलराम गौतम पनि विराटनगर आएका छन् । शुक्रबारदेखि प्रदेशका  क्वारेन्टाइनबाट र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट पनि कोरोना भाइरसको शंकास्पद बिरामीको रगतको नमूना परीक्षण सुरु गरिने भएको छ ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आजदेखि विराटनगरमा कोरोना भाइरसको स्वाब परीक्षण ..." A few seconds ago

सम्बन्धित खवर