१ नं प्रदेशमा लकडाउन थप कडा बनाइने – Satabdi News

१ नं प्रदेशमा लकडाउन थप कडा बनाइने

२९ चैत , बिराटनगर । १ नं प्रदेश सरकारले लकडाउन अझ प्रभावकारी बनाउने उद्देश्यले पसलहरु तथा हाटबजारहरुलाई निश्चित समयका लागि मात्र खुला गराइने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की सहितको टोलीलाई कारोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी योजना बनाउन, सबै नगरपालिका, गाउपालिकामा स्थापना गरिएका क्वारेन्टाइन अनुगमन साथै थप व्यवस्थित गर्ने निर्णय गरेको छ । यसका साथै राहत वितरणलाई थप प्रभावकारी ढङगबाट अघि बढने भएको छ ।

सुनसरी, मोरङ झापा, इलाम लगायतको भारतीय सिमाना सुरक्षाकर्मीलाई निग्रानी बढाउन रहन समेत निर्देशन दिइएको छ । रातिको समयमा सिमाना घुसपैठ हुने सक्ने सूचनाको आधारमा सिमाना परिचालित सशस्त्र प्रहरीलाई निर्देशन दिएको हो ।

हाल सीमा क्षेत्रमा दुई दुई किलोमिटरको दुरीमा सशस्त्र प्रहरीको टोली २४ औ घण्टा परिचालित अवस्थामा छ। यसै गरी कोरोना परीक्षणका लागि आएको ५ हजार थान ¥यापिड टेस्ट किट उपयोग गरी क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका शंकास्पद संक्रमितहरुको परीक्षण गरिने भएको छ ।

बैठकले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि डा. शंकर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल विज्ञ समूह बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "१ नं प्रदेशमा लकडाउन थप कडा बनाइने" A few seconds ago

सम्बन्धित खवर