लुम्बिनी अस्पतालका ५ चिकित्सक बर्खास्त – Satabdi News

लुम्बिनी अस्पतालका ५ चिकित्सक बर्खास्त

चैत २७, काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विना जानकारी अनुपस्थित हुने ५ जना चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सकहरु अस्पतालमा जानकारी नदिई करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिएका छन  ।
यसरी बर्खास्त हुनेमा अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की रहेका छन् । उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएपछि बर्खास्तीमा परेका हुन् ।
हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् । ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनु पर्नेमा सम्पर्क विहीन भए पछि हटाउन बाध्य भएको मेडिकल सुपरिटेन्डेन्ट खनालले जानकारी दिएका छ्न  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लुम्बिनी अस्पतालका ५ चिकित्सक बर्खास्त" A few seconds ago

सम्बन्धित खवर