जापानले आफ्नो नागरिकलाई आज साझ ८ बजे लाने तयारी – Satabdi News

जापानले आफ्नो नागरिकलाई आज साझ ८ बजे लाने तयारी

चैत २८, काठमाडौ ।  जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । विमान साँझ ८ बजे नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ ।
कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लक डाउनका कारण विभिन्न देशले धमाधम नेपालमा रहेका आफ्ना नागरिकहरु विमान चार्टर्ड गरेर लगिरहेका छन् । यसअघि अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स र नेदरल्यान्ड्ले नेपालबाट आफ्ना नागरिक फिर्ता लगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जापानले आफ्नो नागरिकलाई आज साझ ८ बजे लाने तयारी" A few seconds ago

सम्बन्धित खवर