प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिँदा ज्यान गुमाए ५० लाख दिने – Satabdi News

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिँदा ज्यान गुमाए ५० लाख दिने

२५ चैत, विराटनगर । कोरोना संक्रमितको उपचारमा खटिँदा कसैले ज्यान गुमाए उनको परिवारलाई १ नं प्रदेश सरकारद्वारा नेपाल ५० लाख उपलब्ध गराउने घोषणा गरेको छ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मी सहित कर्मचारीका परिवारलाई रु ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक¸ स्थानीय तहमा कार्यरत कर्मचारीको मृत्यु भएमा ५० लाख प्रदान गर्ने निर्णय गरेको हो । कोरोनाको उपचारमा खटिनेको सुरक्षाको लागि यस्तो निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जनाएको हो ।

यस्तै कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता पनि प्रदान गर्ने निर्णय पनि गरेको छ। अहिले प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६१३ जना क्वारेन्टाइनमा छन्। त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिँदा..." A few seconds ago

सम्बन्धित खवर