२५ चैत, बेलबारी । बेलबारी वडा नं. ४ स्थित हिमाली टोलमा हिमाली टोल विकास समितिले बेलबारी नगरपालिकाको सहयोगमा ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।
मंगलबार बेलबारी वडा नं. ४ स्थित हिमाली टोल विकास समितिले बेलबारी नगरपालिका र वाड कार्यालयसँगको समन्वयमा ४५ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । ज्याला मजदुरी गर्ने परिवारको पहिचान गरी राहत वितरण गरेको टोल समितिले जनाएको छ। टोल समितिले परिवार सदस्य सङ्ख्याको आधारमा खाद्यान्न वितरण गरेको छ ।
प्रति परिवारमा २ देखी ४ जना सम्म सदस्य सङ्ख्या भएका लाई १५ केजी चामल, १ केजी नुन, १ केजी दाल र १ वटा साबुन साथै ५ देखी धेरै सदस्य भएकालाई २५ केजी चामल, १ केजी नुन, १ केजी दाल र १ वटा साबुन वितरण गरिएको हिमाली टोल विकास संस्थाका अध्यक्ष केशवमान गुरुङले जानकारी दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनले उत्पन्न भएको विभिन्न समस्या मध्य ज्याला मजदुरी गर्ने परिवारमा खाद्यान्नको अभाव प्रमुख बन्दै गएको भन्दै टोल बिकास समितिका कोषध्यक्ष चन्द्रकला गुरुङले शताब्दी न्युजलाई बताए ।