विराटनगर विमानस्थल भोलि साँझ ५ बजेसम्मका लागि बन्द

३ कात्तिक, काठमाडौं । बाढी पसेर प्रभावित बनेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा प्रदायकहरुलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको हो । सोही अनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानहरु समेत रद्द गरेका छन् । यसअघि बुधबारका लागि निर्धारित

दिवस राईको नेतृत्वमा बिकास कुमार गुरुङ बचाउ अभियानमा आर्थिक सहयोग संकलन गरि बिरामीलाई हस्तान्तरण

बेलबारी । सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ। सामाजिक सेवामा अग्रसर युवा दिवस राईको नेतृत्वमा बिकास कुमार गुरुङ बचाउ अभियानमा राईले जम्मा नगद रु २ लाख ९५ हजार ५ सय २९ रुपैयाँ आर्थिक सहयोग संकलन गरि बिरामीलाई रकम हस्तान्तरण गरेका छन। बेलबारी नगरपालिका वडा-३

हिरासतमा रहेका थुनुवाको मृत्युपछि सुनसरीमा प्रहरी कार्यालय परिसरमै झडप

सुनसरी। प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ। ढुंगामुढापश्चात् प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जनभन्दा बढी अश्रुग्याससमेत प्रहार गरेको छ। झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका

अमना सिसौली बन उपभोक्ता समिति गठन प्रकियाप्रति उपभोक्ताहरुबाट बिरोध

सचिब अमिर मगर असोज २४, बेलबारी । मोरङ जिल्ला बेलबारी नगरपालिका वार्ड नं १ मा अवस्थित अमना सिसौली वन समुहको साधारण सभा मिति २०७८ साल असोज २२ गते भएको साधारण सभा प्रती जनता समाजबादी पार्टी, नेपाल बेलबारी नगर समिति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै आज बिज्ञप्ति सार्बजनिक गरेको छ। ''आम बेलबारी

जसपा नगर अध्यक्षमा तिलक राई , बेलबारी नगर समिती समायोजन सम्पन्न

असोज २३, बेलबारी । जनता समाजवादी पार्टी, नेपाल बेलबारी नगर समितिको समायोजन तिलक राईको अध्यक्षतामा सम्पन्न भएको छ । जसको उपाध्यक्ष कमल गुरुङ, उपाध्यक्ष भरत चौधरी, उपाध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष लिला राई, सचिब अमिर मगर सह सचीब प्रताप कोयी राई, सह सचिब नवीन चौधरी, कोषाध्यक्ष बासुदेब राई छन् भने २५

गुण्डा नाइके गिरीको सरुवाको बिरुद्ध मोरङ कारागार भित्र विवाद, बाहिर प्रदर्शन

२१ असोज, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीलाई मोरङ पठाउने पत्र आएको एक महिनापछि मोरङ कारागारको चौकीदार नविन राई लाई स्थानान्तरण गरिएको छ । गिरीलाई मोरङ पठाउने निर्णय भएको एक महिनापछि राईलाई क्षेत्रिय कार्यालय झुम्का सारिएको हो ।चौकीदार राईलाई सारिए पनि गिरीलाई मोरङ स्थानान्तरणको निर्णय कार्यान्वयन गरिएको छैन। जिल्ला

साहित्यकार ईरानराईद्वारा संकलित तथा सम्पादित व्यङ्ग्य निबन्धसंग्रह ‘मुखास्त्र’ सार्वैजनिक

बेलबारी । साहित्यकार ईरानराईद्वारा संकलित तथा सम्पादित प्रदेश नं. १ का ३३ जना निबन्धकारहरूको व्यङ्ग्य निबन्धसंग्रह ‘मुखास्त्र’ सार्वैजनिक भएको छ । वरिष्ठ साहित्यकार भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसर पारेर मंगलबार बेलबारीमा सार्वजनिक गरिएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी तथा भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक

बेलबारीमा बिहानै आगलागी;नियन्त्रणमा लिन ६ वटा वरुण यन्त्रको प्रयोग

बेलबारी । बेलबारीमा आज बिहानै आगलागी भएको छ । बेलबारी नगरपालिका वडा नं ३ स्थित सुन्दर टोलमा रहेको सिता राईको घरमा आगलागी हुँदा स्थानीय सिता राईको काठको घर जलेर नष्ट भएको हो । बिहान करिब ४ बजेबाट सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन स्थानीय र वरुण यन्त्रकर्मचारीहरु लाई हम्मे हम्मे परेको

प्रदेस न १ का मुख्यमन्त्री आचार्य विश्वासको मत लिन आल टाल गर्दै

१७ असोज, विराटनगर । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आहृवान गरेको हिउँदे अधिवेशन असोज २२ गतेबाट सुरु हुदैछ । विश्वासको मत लिनका लागि नियमित अधिवेशन आहृवान गरेका आचार्यले विश्वासको मत लिने समय तोकेका छैनन् । सत्ता पक्षका सांसदहरु २२ गतेबाट अधिवेशन सुरु

नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी

बेलबारी, १६ असोज । नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका लिम्बूले आज सम्पन्न निर्वाचनमा १३६ मतले नगर सभापतिमा विजयी भएका हुन् । लिम्बूसँग प्रतिस्पर्धामा रहेका निवर्तमान नगर सभापति शम्भु भट्टराईले ९४ मत प्राप्त गरेका छन् । त्यसै गरी उपसभापतिमा नीतु थापा कोइराला