विराटनगर विमानस्थल भोलि साँझ ५ बजेसम्मका लागि बन्द – Satabdi News

विराटनगर विमानस्थल भोलि साँझ ५ बजेसम्मका लागि बन्द

३ कात्तिक, काठमाडौं । बाढी पसेर प्रभावित बनेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा प्रदायकहरुलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको हो । सोही अनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानहरु समेत रद्द गरेका छन् । यसअघि बुधबारका लागि निर्धारित उडानहरुसमेत रद्द गरिएका छन् । यो विमानस्थल नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिन्छ ।

यता,  विमानस्थलमा बाढी पस्दा सोही विमानस्थलमा रोकिएका दुई जहाज समेत विराटनगरमै अड्किएका छन् । बुद्ध एयरको एक जहाज र श्री एयरलाइन्सको एक जहाज विराटनगरमा रोकिएका छन् । ती जहाज समेत अब बिहीबार साँझ ५ बजेसम्म रोकिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विराटनगर विमानस्थल भोलि साँझ ५ बजेसम्मका लागि बन्द" A few seconds ago

सम्बन्धित खवर