बेलबारी । कात्तिक १ गते बाट लगातार परेको झरीले नेपालको विभिन्न क्षेत्रमा डुबान भएको छ। त्यस्तै अबिरल बर्षापछिको बााढीले क्षति पुर्याएका बेलबारीका किसानहरुको तथ्यांक संकलन गरी पीडित कृषकलाई आवश्यक राहत तत्काल उपलब्ध गराउन बेलबारी
नगरपालिकालाई नेपाली काँग्रेस बेलबारी नगरसमितिले ध्यानाकर्षण गराएको छ । बिहिबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई भेटेर काँग्रेस नगरसभापति छत्र लिम्बु,उपसभापति उपेन्द्र सुवेदी,नितु थापा कोईराला,सचिब सन्तोष भटराई,जनक पोख्रेल,सहसचिब बिशाल ढकाल लगायतले सोही बिषयमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।
ध्यानाकर्षण पत्रमा किसानहरुलाई तत्काल अल्पकालिन र दिर्घकालिन प्याकेज ल्याएर राहत उपलब्ध गराउन माग गरिएको छ । बर्षा र स्थानीय खोलाहरुमा आएको बाढीले धानबाली नष्ट हुँदा बेलबारीका बिभिन्न वडामा किसानहरुको करोडौको क्षति भएको छ ।