असोज २३, बेलबारी । जनता समाजवादी पार्टी, नेपाल बेलबारी नगर समितिको समायोजन तिलक राईको अध्यक्षतामा सम्पन्न भएको छ । जसको उपाध्यक्ष कमल गुरुङ, उपाध्यक्ष भरत चौधरी, उपाध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष लिला राई, सचिब अमिर मगर सह सचीब प्रताप कोयी राई, सह सचिब नवीन चौधरी, कोषाध्यक्ष बासुदेब राई छन् भने २५ सदस्य समिती बनेको छ ।
यसैगरी समाजवादी विद्यार्थी संघ, बेलबारी नगर समिती सुमित राईको अध्यक्षतामा २१ सदस्य समिती गठन भएको छ । समाजवादी युवा संघ, बेलबारी नगर समिती सन्तोष तामाङको अध्यक्षतामा २१ सदस्य समितील गठन भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि केस भुराज राई अतिथि केस तथा प्रदेश सचिब भरत दाहाल, प्रदेश न १ सचिब प्रेम वनेम, सङघीय परिषद सदस्य तथा मोरङ जिल्ला समन्वय समिती बरिष्ठ उपाध्यक्ष केशरमान गुरुङ, प्रदेश न १ सदस्य शान्ता तामाङ, लिम्बुवान राष्ट्रिय समिती सचिवालय सदस्यद्वय अजित धिमाल र संजय राई, जिल्ला सदस्यहरु केशब मगर, सीता राई लयागतको उपस्थितिमा बेलबारी नगर समिती समायोजन कार्यक्रम सम्पन्न भएको हो ।
त्यसैगरी विभिन्न पार्टी परित्याग गरि दुई दर्जन कार्यकर्ता जसपा पार्टी प्रबेश गरेका छन् । कार्यक्रमको अध्यक्षता तिलक राईले गरेका थिए भने सञ्चालन सचिव अमिर मगरले सञ्चालन गरेका थिए ।