बेलबारी गोल्डकप २०७८ कार्तिक ११ गते देखि सुरु हुँदै – Satabdi News

बेलबारी गोल्डकप २०७८ कार्तिक ११ गते देखि सुरु हुँदै

बेलबारी, ५ कार्तिक । बेलबारीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ कार्तिक ११ गते देखि सञ्चालन हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लब बेलबारी ११ लक्ष्मीमार्गले आज (शुक्रवार) बेलबारीमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले प्रतियोगितामा एपिएफ काठमाडौँ, हिमालयन शेर्पा र च्यासल काठमाडौँ लगायतका ए डिभिजन क्लबहरूको सहभागिता रहने जानकारी दिए । कार्तिक ११ गते सुरु हुने प्रतियोगिताको फाइनल खेल भने कार्तिक १७ गते हुने अध्यक्ष राईले बताएका  छन् ।

लक्ष्मी खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा मोरङ, धनकुटा, उदयपुर, झापा र रोयल फुटबल क्लब सिलिगुडीका गरी विभिन्न ८ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा विजेता टिमले ५ लाख  र उपविजेताले २ लाख ५० हजार शिल्ड तथा प्रमाण पत्र पाउने छन् ।

प्रत्येक खेलका म्यान अफ म्याचलाई जनही ५ हजार ५ उपलब्ध गराइने पनि आयोजकले जनाएको छ । प्रतियोगितालाई भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरूको निर्माणसमेत गरिएको आयोजकले बताएको छ ।

२०७० सालमा स्थापना भई खेलकुदका क्षेत्रमा काम गर्दै आएको यस क्लबले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता संचानल गर्दै आए पनि कोरोनाका कारणले २०७७ मा प्रतियोगिता सञ्चालन गर्न सकेन । डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन भने पत्रकार नरेन्द्र बस्नेतले गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी गोल्डकप २०७८ कार्तिक ११ गते देखि सुरु ह..." A few seconds ago

सम्बन्धित खवर