बेलबारीमा बिहानै आगलागी;नियन्त्रणमा लिन ६ वटा वरुण यन्त्रको प्रयोग – Satabdi News

बेलबारीमा बिहानै आगलागी;नियन्त्रणमा लिन ६ वटा वरुण यन्त्रको प्रयोग

बेलबारी । बेलबारीमा आज बिहानै आगलागी भएको छ । बेलबारी नगरपालिका वडा नं ३ स्थित सुन्दर टोलमा रहेको सिता राईको घरमा आगलागी हुँदा स्थानीय सिता राईको काठको घर जलेर नष्ट भएको हो । बिहान करिब ४ बजेबाट सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन स्थानीय र वरुण यन्त्रकर्मचारीहरु लाई हम्मे हम्मे परेको थियो ।

फोटो : आशिस गुरुङ

आगोलाई नियन्त्रणमा लिन बेलबारी नगरपालिका, सुन्दरहरैँचाको, कानेपोखरी, उर्लाबारी, लेटाङ र इटहरीका गरेर जम्मा ६ वटा वरुण यन्त्रको प्रयोग गरिएको थियो । आगलागीमा परेर स्थानीय सिता राईको काठको घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीमा परेर घरमा रहेका धानको भकारी तथा दुई वटा सुँगुर मरेको बताइए पनि पूरा क्षतिको विवरण आउन भने बाँकी रहेको बताइएको छ । घरमा विद्युतसट भएर आगलागी भएको बताइए पनि आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा बिहानै आगलागी;नियन्त्रणमा लिन ६ वटा व..." A few seconds ago

सम्बन्धित खवर