ढुंगागिट्टीमा सर्वोच्चको आदेश : तत्कालको लाभहानि नहेर्नू, निकासी रोक्नू
४ असार, काठमाडौं । सर्वोच्च अदालतले प्राकृतिक स्रोत साधनमा तत्कालको लाभहानि हेरेर निर्णय गर्नु उचित नहुने भन्दै ढुंगा, गिटी र बालुवा निकासीमा रोक लगाएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी निकासी

