असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने – Satabdi News

असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने

३ असार, काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बालुवाटारमा बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बालुवाटार बसेको बैठकले प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने" A few seconds ago

सम्बन्धित खवर