भारतीय सेनाले गोर्खाली भर्तीमा नेपालीलाई रोक – Satabdi News

भारतीय सेनाले गोर्खाली भर्तीमा नेपालीलाई रोक

३ असार, काठमाडौ । पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो । तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।

भारतीय सेनाले भारतीय गोर्खालीलाई मात्रै प्राथमिकता दिने गरी संशोधन जारी गर्नु आश्चर्यको विषय भने होइन । गत वर्ष मात्रै भारतीय सेनाले उत्तराखण्डका गैर गोर्खा समुदायका युवालाई गोर्खा रेजिमेन्टमा भर्ती गर्न अनुमति दिएको थियो । त्यतिबेलासम्म गोर्खा रेजिमेन्टमा नेपाली गोर्खालीहरु र भारतीय गोर्खाली समुदायका युवाहरु मात्रै भर्ती गरिन्थ्यो ।

हरेक गोर्खा रेजिमेन्टमा नेपाली र भारतीय गोर्खालीको अनुपात ६०–४० हुन्थ्यो । यद्यपि केही वर्षअघि सबै भारतीय गोर्खाली मात्रै भएको एउटा गोर्खा रेजिमेन्ट पनि स्थापना गरिएको थियो ।भारत स्वतन्त्र भएयता भारतका हरेक युद्धमा गोर्खालीहरु सहभागी भएका छन् । भारतीयहरु गोर्खालीहरुको बहादुरीबाट निकै प्रभावित रहने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतीय सेनाले गोर्खाली भर्तीमा नेपालीलाई रोक" A few seconds ago

सम्बन्धित खवर