बेलबारी नगरपालिकाले जारि गर्यो विज्ञप्ती : निश्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्न नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अनुरोध – Satabdi News

बेलबारी नगरपालिकाले जारि गर्यो विज्ञप्ती : निश्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्न नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अनुरोध

बेलबारी । बेलबारी नगरपालिकाले बिभिन्न अन लाईन तथा पत्रपत्रिकामा आएको समाचार प्रति ध्यानाकर्षण गराएको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले आज विज्ञप्ती जारीगरी निगरानीकालागि ध्यानाकर्षण गराउनुभएको हो ।

ठेक्का प्रक्रियामा खरिद गरेको बोयर बोका र बाख्रा ठेकदारले सम्झौता बमोजिम उपलब्ध नगराएकोमा नगरपालिकाले कारबाही गरेको छ । नगरपालिकाले कारबाही गर्दा केही सञ्चारमाध्यमले ठेकदार व्यवसायीको पक्षपोषण गरेर कपोलकल्पित, भ्रामक समाचार प्रकाशन, प्रशारण गरेको प्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकारहरुले नगरपालिका संग सुचना/ जानकारी लिने, सत्य तथ्य खोजि गर्ने भन्दा पनि तथ्य हिन निराधार र भ्रामक समाचार प्रकाशन / प्रशारण गरेको प्रति गम्भीर ध्यान आकर्षण रहेको तथा यस प्रकारको भ्रामक समाचार प्रति निगरानी राख्न प्रेसकाउन्सिलको समेत ध्यानाकर्षण गराउन अपिल समेत बिज्ञप्तिमा गरेको छ।

ठेकदारलाई पक्ष पोषण गरेर समाचार प्रकाशन, प्रशारण गरेका मिडिया हाउसका पत्रकारले सत्यतथ्य नै नगरपालिकामा नबुझी अनर्गल, कपोलकल्पित, तथ्यहिन, भ्रामक समाचार लेखेको प्रति नगरपालिकाले आपत्ति जनाएको छ ।

संचार माध्यम राज्यको चौथो अंग हो। स्वतन्त्रता निश्पक्षता र जवाब देहिता को सिद्दान्तमा आधारित संचार माध्याम लोकतान्त्रिक मुलुकको पुर्ब शर्त हो। यस सन्दर्भमा संचार माध्यमको भूमिका र महत्वमाथि नगरपालिकाको सदैब सम्मान रहन्छ बिज्ञप्तिमा उल्लेख छ। संचार जगतले समेत आफ्नो आचरण र पेशागत मर्यादा कायमगरि निश्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध समेत बिज्ञप्तिमा गरिएको छ।

हेर्नुस बिज्ञप्ति ;-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले जारि गर्यो विज्ञप्ती : निश..." A few seconds ago

सम्बन्धित खवर