विश्व बैंकले नेपाललाई १५ करोड डलर ऋण सहयोग गर्ने – Satabdi News

विश्व बैंकले नेपाललाई १५ करोड डलर ऋण सहयोग गर्ने

३ असार, काठमाडौं । विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ऋण दिने भएको छ । बुधबार विश्व बैंकको कार्यकारी निर्देशकहरुको समितिले नेपाललाई कोभिड–१९ पुनरुत्थान र दीगो विकासका लागि उक्त ऋण अनुमोदन गरेको हो । महामारीको विषम परिस्थितिमा पनि विश्व बैंकले प्रभावित जनसंख्यालाई तत्काल राहत प्रदान गर्न प्राथमिकतामा राखेको नेपाल, माल्दीभ्स र श्रीलंका क्षेत्रका निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।विश्व बैंकले प्रदान गर्ने उक्त ऋणले नेपालका संस्थान र नियमहरुलाई सुदृढ गर्न मद्दत पुर्याउनेछ । यस्तै, उक्त ऋण भन्सार तथा कर प्रणालीमा सुधार गर्न र ऋण व्यवस्थापनका लागि पनि खर्च गर्न सकिने विश्व बैंकले जनाएको छ । यसले स्वस्थ्य तथा सामाजिक सुरक्षाको आधुनिकीकरणका लागि पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विश्व बैंकले नेपाललाई १५ करोड डलर ऋण सहयोग गर्ने" A few seconds ago

सम्बन्धित खवर