जसपाले पायो यी चार महत्वपूर्ण मन्त्रालय

१९  असोज, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो । सो मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

साहित्यकार ईरानराईद्वारा संकलित तथा सम्पादित व्यङ्ग्य निबन्धसंग्रह ‘मुखास्त्र’ सार्वैजनिक

बेलबारी । साहित्यकार ईरानराईद्वारा संकलित तथा सम्पादित प्रदेश नं. १ का ३३ जना निबन्धकारहरूको व्यङ्ग्य निबन्धसंग्रह ‘मुखास्त्र’ सार्वैजनिक भएको छ । वरिष्ठ साहित्यकार भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसर पारेर मंगलबार बेलबारीमा सार्वजनिक गरिएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी तथा भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक

किरात राई बान्तावा खिम हतुवागढीको भेला सम्पन्न, नविन राईको नेतृत्वमा ११ सदस्यीय समिति गठन

–अर्जुन राई अपहेलित घोडेटार । किरात राई बान्तावा खिम हतुवागढीको भेला सम्पन्न भएको छ । शनिबार भोजपुरको हतुवागढी गाउँपालिका ४ फलामढुङ्गामा उक्त भेलाको आयोजना गरिएको थियो । किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती (काम्दुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट नविन राईको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ

जिल्ला जनगणना भोजपुरद्धारा गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति सार्वजनिक

१८ असोज, भोजपुर । जिल्ला जनगणना कार्यलय भोजपुरले गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति सार्वजनिक गरेको छ । आज (सोमबार) कार्यलयले एक सुचना सार्वजनिक गर्दै गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति र स्थान तोकेको हो । भोजपुरको नौ स्थानीय तहको लागि तीन ओटा सम्पर्क स्थान कायम गरिएको छ

इटहरी नगर प्रहरी नायब निरिक्षकमा पदोन्नति भएका जेवि राईलाई सुम्निमा संघले गर्यो सम्मान

-अर्जुन राई अपहेलित १८ असोज, इटहरी । किरात राई सुम्निमा संघ इटहरी प्राकास ५/७ ले जेवि राईलाई सम्मान गरेको छ । आज (सोमबार) किरात राई यायोख्खा इटहरी ५र७ को भवनमा एक कार्यक्रमको आयोजना गरि इटहरी उपमहानगर प्रहरी नायब निरिक्षकमा बढुवा भएका राईलाई सम्मान गरेको हो । किरात राई यायोख्खा प्रारम्भिक

एक सातापछि अस्पतालबाट डिस्चार्ज भए नेपाल

१८ असोज २०७८, सोमबार। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल डिस्चार्ज भएका छन् । असोज १३ गते उनी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर अझै  केहि दिन घरमै आराम गर्न चिकित्सकले सल्लाह दिएको उनको निजि सचिवालयले जानकारी

बेलबारीमा बिहानै आगलागी;नियन्त्रणमा लिन ६ वटा वरुण यन्त्रको प्रयोग

बेलबारी । बेलबारीमा आज बिहानै आगलागी भएको छ । बेलबारी नगरपालिका वडा नं ३ स्थित सुन्दर टोलमा रहेको सिता राईको घरमा आगलागी हुँदा स्थानीय सिता राईको काठको घर जलेर नष्ट भएको हो । बिहान करिब ४ बजेबाट सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन स्थानीय र वरुण यन्त्रकर्मचारीहरु लाई हम्मे हम्मे परेको

समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न

१७ असोज, इटहरी । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको दोस्रो इकाइ सम्मेलन सम्पन्न भएको छ । शनिबार महेन्द्र बहुमुखी क्याम्पस, धरानको सभाहलमा आयोजित उक्त सम्मेलन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सुबास लाबुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त सम्मेलनबाट युवराज राई (अलौ किक)को नेतृत्वमा ७५ सदस्यीय इकाई समिती

लिम्बु विद्यार्थी र राई विद्यार्थीवीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

असोज १७, झापा । झापाको पाडाजुङ्गीस्थित आदिवासी जनजाति रंगशाला शनिबार साँझ दुईवटा जातीय विद्यार्थी संगठनबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जीत र हारको विषयवस्तु भन्दा बढी हालः अलपत्र अवस्थामा रहेको आदिवासी रंगशाला निर्माणमा सरकारलाई दबाब सृजना गर्ने मुख्य उदेश्य थियो । किरात राई विद्यार्थी संघ

इन्टरनेट बन्द हुनथालेपछि विवाद समाधानमा अग्रसर भए सञ्चार सचिव

काठमाडौं । विद्युत पोल भाडा विवाद र इन्टरनेट अवरोधको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा तथा जलश्रोत मन्त्रालयबीच आज संवाद हुने भएको छ । इन्टरनेट सेवा नै अवरुद्ध हुने अवस्था निम्तिएपछि सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले यस्तो अग्रसरता लिएका हुन् । सचिव अर्यालका अनुसार उनले आइतबार ऊर्जा मन्त्रालयका