१८ असोज २०७८, सोमबार। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल डिस्चार्ज भएका छन् ।
असोज १३ गते उनी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर अझै केहि दिन घरमै आराम गर्न चिकित्सकले सल्लाह दिएको उनको निजि सचिवालयले जानकारी दिएको छ।