१७ असोज, इटहरी । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको दोस्रो इकाइ सम्मेलन सम्पन्न भएको छ ।
शनिबार महेन्द्र बहुमुखी क्याम्पस, धरानको सभाहलमा आयोजित उक्त सम्मेलन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सुबास लाबुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त सम्मेलनबाट युवराज राई (अलौ किक)को नेतृत्वमा ७५ सदस्यीय इकाई समिती गठन गरिएको छ ।
अध्यक्षमा युवराज राईसँगै उपाध्यक्षहरुमा रितादेबी राई, विशाल लावती, गोमा कुलुङ र विजय राईलाई चयन गरिएको छ । त्यसैगरी सचिवमा अस्निता लिम्बू, सह-सचिवहरुमा सन्तोषकुमार राउत, सबिरसि याक्सो, सुप्रिया राई, लक्ष्मी राई, कोषाध्यक्षमा महेश श्रेष्ठ, सहकोषाध्यक्षमा ओमकुमार लिम्बू चयन चयन भएका छन् ।
संजोग लिम्बुको अध्यक्षतामा सम्पन्न सम्मेलनमा विशेष अतिथिमा केन्द्रीय उपाध्यक्ष सञ्जय राई, केन्द्रिय उपमहासचिव दिनेश दंगाल त्यस्तै अतिथिमा समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य वरदान हाङखिम, जनता समाजवादी पार्टी धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बू, विद्यार्थी इञ्चार्ज सुमन राई लगायतको उपस्थिति रहेको थियो ।
समाजवादी विद्यार्थी युनियन जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन हो ।