जिल्ला जनगणना भोजपुरद्धारा गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति सार्वजनिक – Satabdi News

जिल्ला जनगणना भोजपुरद्धारा गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति सार्वजनिक

१८ असोज, भोजपुर । जिल्ला जनगणना कार्यलय भोजपुरले गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति सार्वजनिक गरेको छ ।

आज (सोमबार) कार्यलयले एक सुचना सार्वजनिक गर्दै गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति र स्थान तोकेको हो ।

भोजपुरको नौ स्थानीय तहको लागि तीन ओटा सम्पर्क स्थान कायम गरिएको छ भने कार्तिक १ देखि ५ गतेभित्र बिहान १० बजे देखि बेलुका ५ बजेसम्ममा सम्पर्क गरिसक्नु पर्ने समेत जनाइएको छ ।

जस अन्तर्गत कार्तिक १ गते सोमबार हतुवागढी र आमचोक गाउँपालिकाबाट छनोट भएका उम्मेदवारले स्थानीय जनगणना कार्यलय घोडेटारमा सम्पर्क गर्नुपर्ने छ । कार्तिक २ गते मंगलबार भोजपुर नगरपालिका, कार्तिक ३ गते बुधबार पौवादुम्मा गाउँपालिका र अरुण गाउँपालिका, कार्तिक ४ गते बिहीबार रामप्रसाद राई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाबाट छनोट भएका उम्मेदवारले जिल्ला जनगणना कार्यलय भोजपुरमा सम्पर्क गर्नुपर्ने जारी सुचनामा उल्लेख छ ।

त्यस्तै कार्तिक ५ गते साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाबाट छनोट भएका उम्मेदवारले स्थानीय जनगणना कार्यलय दिङ्लामा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

सर्टलिष्टमा छनौट भएका उम्मेदवारहरुले नेपाली नागरिकता, एसएलसी तथा एसइइ, प्लस टु को सम्पूर्ण लब्धाङ्कपत्र तथा चारित्रिक प्रमाणपत्रहरुको सक्कल सहित १/१ प्रतिलिपी र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित तोकिएको स्थानमा समपर्क गर्नुपर्ने जारी सुचनामा उल्लेख छ ।

साथै तोकिएको सम्पर्क मितिमा अनुपस्थित उम्मेदवारको लागि अर्को कुनै व्यवस्था नरहेको समेत जनाइएको छ ।

तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को मुल गणना यही काक्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन गर्ने भएको छ । त्यसको लागि विभागले अनलाइन मार्फत करिब ३९ हजार गणकको लागि आवेदन माग गरेको थियो ।

१० जोड २ उतीर्ण नेपाली नागरिकबाट माग गरिएको आवेदनमा झण्डै १ लाख ५० हजार जनाले आवेदन दिएका थिए ।

विभागको अनुसार स्थानीय व्यक्तिहरुलाई प्राथमिकता दिइएको र गणकको सर्टलिष्ट गर्दा आवश्यक भन्दा ३० प्रतिशत बढीको सर्टलिष्ट गरिएको हो ।

गणकहरुका लागि स्थानीय जनगणना कार्यलयमा कार्तिक १३ गते देखि १६ गते सम्म तालिम सञ्चालन गराइने तथ्यांक विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जिल्ला जनगणना भोजपुरद्धारा गणकको सर्टलिस्टमा पर..." A few seconds ago

सम्बन्धित खवर