धानको समर्थन मूल्य तोकियो

काठमाडौं : सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको न्यूनतम् समर्थन मूल्य प्रतिक्‍वीन्ट २५३२ रुपैयाँ र मध्ययम धानको मूल्य २६७३ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। २०७६ कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू १. नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध

बेलबारीमा अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगिता हुने

बेलबारी । बेलबारी नगरपालिका १ स्थित तमु गुम्बामा अन्तर्राष्ट्रिय सितेरियो कराते प्रतियोगिता आयोजना हुने भएको छ । नोवेल शिक्षण अस्पताल विराटनगरको मुख्य प्रयोजनमा आगामी मंसिर ६ गते देखि ८ गते सम्म प्रतियोगिता हुने बेलबारी सितेरियो कराते संघका अध्यक्ष सन्जय सुवेदीले बताउनु भयो । प्रतियोगितामा नेपाल सहित ८ देशको ६ सय

गोरु काटेको आरोपमा एक महिला पक्राउ

बेलबारी, बेलबारी नगरपालिका वडा नं ०४ काकुम स्थित एक घरमा गोरुको काट्दै गरेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बिहान करिब ९ बजेको समयमा गोरु काट्दै गरेको ५ जना मध्ये प्रहरीले एक महिलालाई मात्र पक्राउ गरेको छ । बाकी अन्य चाहिँ फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

दोहोरो नागरिकता लिएको प्रमाणित भए काँग्रेस सांसद कँडेललाई पाँच वर्ष कैद

काठमाडौँ । पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेल भारतको उत्तरप्रदेश गोरखपुरनिवासी तथा त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष भएको खुलासा भएको छ । कँडेलले भारतीय नागरिककै रूपमा शपथ पनि खानु भएको छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेलले

डाँगीहाट निलो सडनडेथमा पराजित

बेलबारी । डाँगीहाट फुटबल क्लब निलोलाइ हराउँदै ब्वाइज युनियन काठमाण्डौ तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । डाँगीहाट फुटबल क्लब निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियनले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको मंगलबारको खेलमा निर्धा्रित समयसम्म दुवै टिमबाट १–१ गोलको

बैकल्पिक राजनीतिको आवश्यकता !

हाल नेपालको परिवेश नियाल्दा आम नागरिकमा राजनीति प्रतिको वितृष्णा बढ्दै गएको अनुभुत हुन्छ । जसले अहिलेको राजनीतिक संस्कार, शैली र प्रणाली नै गलत हो कि भन्ने संकेत गर्दछ । वास्तबमै राजनीति राज्यको एउटा यस्तो केन्द्रबिन्दु हो, जसको प्रभावले सबै क्षेत्र, तह र तप्कामा एउटा तरङ्ग प्रवाह गर्दछ । यदि राजनीतिक

बेलबारीका सन्तोष सोल्टीनी फकाउदैं (भिडियो सहित)

बेलबारी । बेलबारीका सन्तोष धिमाल अभिनित म्युजिक भिडीयो हालै युट्युब मार्फत सार्वजनिक भएको छ । राजेश पायल राई र अमृता लिम्बुको स्वर रहेको असारमा रोप्ने मार्सिको धानलाई बोल रहेको गीतको म्युजिक भिडियोमा बेलबारीका सन्तोष धिमालले अभिनय गरेका हुन् । अभिनयमा उनलाई हर्सिका श्रेष्ठ र तेजनु योन्जनले साथ दिएका छन् ।

जापानमा समाजवादी पाटी समायोजन

जापान । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता भएसँगै जापानको समायोजन सम्पन्न भएको छ । जापानमा क्रियाशील तत्कालिन नेपाली सङघीय समाज र अन्तराष्ट्रिय नेपाली समाज जापान बिच एकता घोषणा भएको हो । जापानको टोक्यो स्थित रोधी घरमा आयोजित समायोजन कार्यक्रममा सरिता ढकालको अध्यक्षतामा १ सय

समाजवादी पाटी प्रदेश नं. १ को समायोजन ८ गते हुने

बेलबारी । समाजवादी पाटीको प्रदेश नं. १ को समायोजन यहि कार्तिक ८ गते हुने भएको छ । धरान स्थित चुम्लुङ भवनमा समायोजन कार्यक्रम गर्ने तय भएको पाटी समायोजन कार्यदलले जनाएको छ । समायोजन कार्यक्रममा पाटीका शिर्ष नेताहरुको उपस्थिती रहने बताइएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी

धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश

बेलबारी । सुनसरीको धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सिराहा फुटबल क्लब गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेम्जोङ र प्रकाश बुढाथोकीले ३२,