बेलबारी । बेलबारी नगरपालिका १ स्थित तमु गुम्बामा अन्तर्राष्ट्रिय सितेरियो कराते प्रतियोगिता आयोजना हुने भएको छ ।
नोवेल शिक्षण अस्पताल विराटनगरको मुख्य प्रयोजनमा आगामी मंसिर ६ गते देखि ८ गते सम्म प्रतियोगिता हुने बेलबारी सितेरियो कराते संघका अध्यक्ष सन्जय सुवेदीले बताउनु भयो ।
प्रतियोगितामा नेपाल सहित ८ देशको ६ सय खेलाडी सहभागी हुने बेलबारी सितेरियो कराते संघका प्रमुख प्रशिक्षक कुन्ती गुरुङले शताब्दी न्युजलाई जानकारी दिनु भएको छ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलङ्का, इराक, मलेसिया साथै पाकिस्तानका खेलाडीहरुको सहभागीता रहनेछ । प्रायोजनको विषयमा नोवेल शिक्षण अस्पताल विराटनगरका संचालक डा. सुनिल शर्मा र बेलबारी कराते संघका अध्यक्ष सुवेदी विच आज समझैता पत्रमा हस्ताक्षर भएको छ । यसै अवसरमा बोल्दै अस्पतालका संचालक शर्माले खेलकुद क्षेत्रको विकासमा सधै साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।