जापानमा समाजवादी पाटी समायोजन – Satabdi News

जापानमा समाजवादी पाटी समायोजन

जापान । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता भएसँगै जापानको समायोजन सम्पन्न भएको छ ।
जापानमा क्रियाशील तत्कालिन नेपाली सङघीय समाज र अन्तराष्ट्रिय नेपाली समाज जापान बिच एकता घोषणा भएको हो । जापानको टोक्यो स्थित रोधी घरमा आयोजित समायोजन कार्यक्रममा सरिता ढकालको अध्यक्षतामा १ सय २१ जनाको कमिटी घोषणा गरेको छ । जसको सह अध्यक्षमा पेम्बा शेर्पा, बरिष्ठ उपाध्यक्षमा हरिचन्द्र लामा, उपाध्यक्षमा क्रमशः सन्जिब राई, लक्ष्मीहाङ आङ्बो लिम्बू, सविन श्रेष्ठ, प्रकाश केसी, डि बि बिश्वकर्मा, उपाध्यक्ष दिया शाह, महासचिवमा शिशिर निङ्लेकु लिम्बू, उपमहासचिवमा मोती गुरुङ, सचिवहरुमा गाल्भु शेर्पा, प्रकाश घिसिङ, कविता मगर, धुर्व सुबेदी, सुनिल देवकोटा, ऋृषिराम ढकाल, कोषाध्यक्षमा हरेन्द्र नाल्बो लिम्बू, सह कोसाध्यक्षमा शुशिला भट्ट, प्रवक्ता मुगाधन राई रहेका छन् । सदस्यहरु नेपाली संघीय समाज बाट ५५ जना र अन्तराष्ट्रिय नेपाली समाजबाट ४६ जना रहने महासचिव शिशिर निङ्लेकु लिम्बुले जानकारी दिनुभयो । त्यस्तै तत्कालीन नेपाली संघीय समाज जापानको सल्लाहकारहरु र अन्तराष्ट्रिय नेपाली समाज जापानको सल्लाहकारहरु सबै नेपाली समाज जापानको सल्लाहकारको रुपमा रहने सहमति समेत भएको समेत लिम्बुले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जापानमा समाजवादी पाटी समायोजन" A few seconds ago

सम्बन्धित खवर