छठपुजा आजबाट सुरु हुदै

१४ कार्तिक जनकपुर । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ ।

हिन्दु र मुस्लिम समुदाय विच झडप, एकको मृत्यु

१४ कार्तिक, कपिलवस्तु । लक्ष्मीको मुर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान समुदायबीच विवाद र झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएकाे थियाे । तर कर्फ्यू उल्लंघन गर्दै झडपकाे अवस्था सिर्जना गर्न खाेजिएपछि प्रहरीले गाेली चलाएकाे छ । प्रहरीको गोली लागेर स्थानीय कृष्णनगर नगरपालिका-२ का सुरजकुमार पाण्डेको मृत्यु

ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले

खगेन्द्र माखिमको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय समिति (नामावली सहित)

धरान । खगेन्द्र माखिमको अध्यक्षतामा १ सय ५७ सदस्यीय लिम्बुवान राष्ट्रिय समिति गठन भएको छ । लिम्बुवान राष्ट्रिय समिति समाजवादी पार्टी निकट समिति गठन भएको हो । १ नं. प्रदेश समायोजन भेलाकै अवसरमा लिम्बुवान राष्ट्रिय समिति गठन गरिएको समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा फक्ताङलुङ योङहाङ, प्रेमदीप

ब्वाइज युनियन काठमाण्डौलाई डाँगीहाट गोल्डकपको उपाधि

बेलबारी । तेस्रो डाँगीहाट गोल्डकपको उपाधि ब्वाइज युनियन काठमाण्डौले जितेको छ । फाइनलमा धरान फुटबल क्लब सुनसरीलाई फाराकिलो गोल अन्तरले ब्वाइज युनियनले उपाधि हात पारेको हो । उपाधि हात पारेको ब्वाइज युनियनले नगद ३ लाख १ हजार, ट्रफि, मेडल, प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको धरानले २ लाख १

आज सांझ पख दिपावली सहित लक्ष्मीपुजा मनाईदै

१०-कार्तिक, बेलबारी । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिने चलन छ । यमपन्चकको तेस्रो दिन पर्ने लक्ष्मी पुजा यस बर्ष भने कुकुर तिहार र लक्ष्मिपुजा एकैदिन अर्थात यमपन्चकको दोस्रो दिन नै परेको छ । साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको

काकुम बुधबारेमा साङगीतिक कार्यक्रम सम्पन्न

बेलबारी । बेेलबारीमा बिशेष साङगीतिक कार्यक्रम सम्पन भएको छ । बेलबारी वडा नं ४ स्थित काकुम बुधबारेमा काकुम युवा समुहद्धारा आयोजित साङगीतिक कार्यक्रम सम्पन भएको छ ।उक्त कार्यक्रममा विशेष प्रस्तुति धिरज राई र बेलबारी आइडल विवश मोते साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति भएको थियो। शुभदिपावलीको अवसर पारेर साङगीतिक कार्यक्रम सम्पन

लिम्बुवान मञ्चद्वारा उम्मेदवार घोषणा

धरान । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले आफ्नो उम्मेदवार घोषणा गरेको छ । मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमरबहादुर लिम्बू (अमर इजम) लाई उम्मेदवार घोषण गरेको हो । मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन

बेलबारीमा साङगीतिक साँझ सम्पन्न

बेलबारी । बेलबारीमा उदय, मनिला सोताङ साँङगीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । बेलबारी वडा नं. ३ स्थित हाल निर्माणधीन रहेको ड्रिमल्याण्ड फन पार्कमा शुक्रबार साँझ कार्यक्रम सम्पन्न भएको हो । बेलबारी फुटबल क्लबको आयोजनामा सो साँङगीतिक साँझ सम्पन्न भएको हो । ग्रासरुट फुटबल तालिमलाई निरन्तर सञ्चालन गर्न साथै बङ्गलादेशमा

आयोजक डाँगीहाट रातोलाई स्तब्ध बनाउदैं धरान फाइनलमा

बेलबारी । ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले हराउदैं धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी शुक्रबारको खेलको पहिलो हाफको