१६ कार्तिक । मोरङको लेटाङमा रहेको जनसेवा सामुदायिक वनलाई प्रदेश सरकारले उत्कृष्ट घोषणा गरेको छ ।
प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वतावरण मन्त्रालयले २०७६ मा संरक्षण, सम्बर्द्धन, दिगो उपयोग, वातावरण सन्तुलन, गरिबी न्युनिकरणको हिसाबले योगदान पुर्याएको भन्दै प्रदेशकै उत्कृष्ट वनको रुपमा नगद एक लाख सहित पुरस्कार प्रदान गरेको हो । जनसेवालाई डिभिजन वन कार्यलयले समेत आर्थिक बर्ष २०७५/२०७६ मा बैज्ञानिक वन ब्यबस्थापन, वन पैदावरको सदुपयोगको हिसाबले उत्कृष्ट भएको घोषणा गर्दै नगदरु १ लाख सहित प्रथमको पुरस्कार प्रदान गरेको छ ।
प्रदेशमा रहेको तीन हजार ६४३ र मोरङ जिल्लामा १३२ मा सामुदायिक वन मध्ये प्रथम पुरस्कार प्राप्त गरेका जनसेवा सामुदाहिक वन उपभोक्ता समुहले कार्तिक १५ मा पत्रकार सम्मेलनको आयोजना गरि उत्कृष्ट हुनुको आधारहरु प्रस्तुत गर्दै खुशियाली आदान प्रदान गरेको छ । वन बिकासमा बर्से्नि बिरुवाको साथै फलफूल लगाएको, सामाजिक विकाश र गरिबी न्युनिकरणको कामहरु गरेको साथै वनमा सुशासन रहेको आधारहरु पेस गरेको छ । सामुदायिक वनमा रुद्राक्ष, कागती, लिची, सुपारी बिक्रिबाट आर्थिक रकम जम्मा हुन थालेको सो सामुदायिक वन उपभोक्त समूहको अध्यक्ष दिलराम राईले बताए । जनसेवा सामुदायिक वनबाट बर्षेनी करोड भन्दा बढिको जंगली निगुरो बिक्रि हुने गरेको छ ।
बजारमा २० देखि २५ रुपैयामा बिक्रि हुने एउटा मुट्ठाको सामुदायिक वनले २५ पैसा लिने गरेको । मुठ्ठाको २५ पैसाको दरले रकम संकलन गर्दा गत एक बर्षमा एक लाख २० जहार पाँच रुपैया संकलन भएको समितिको कोषाध्यक्ष जानुका राईले बताए ।
पत्रकार सम्मेलनमा उपस्थित लेटाङ नगरपालिका प्रमुख संकर राईले सामुदायिक वनले रुख काट्नु भन्दा बिरुवा लाउनुमा जोड गर्नु पर्ने बताए । प्रमुख राईले वन सम्बन्धि अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्दै लेटाङ नगरले पुरस्कार र दन्डको ब्यबस्था गर्ने बताए । स्थानीय तहमा लाग्ने भनिएको १० प्रतिशत कर आफ्नो कार्याकालमा नलिने योजना भएपनी प्रदेश र संघ सरकारले बाध्य बनाए आफ्नो केही नलाग्ने बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंको १ नम्बर प्रदेश सचिव अग्नि पैडेलले पछिल्लो समयमा वन क्षेत्र ३४ बाट वृद्धि भएर ४४ प्रतशत भएपछि सरकारले कर बढाएर गिद्दे नजर लगाएको आरोप लगाए । सामुदायिक वनले एक द्वार प्रणालीमा १५ प्रतिशत मात्र कर लिनुपर्ने बताए । प्रदेश र स्थानीय सरकारको नाममा वृद्धि गरिएको तेहेरो कर नहटाए कडा आन्दोलन हुने सचिव पौडेलले बताए ।
एक नम्बर प्रदेश र मोरङ जिल्लामा प्रथम हुन सफल जनसेवा २०५४ बाट संरक्षण सुरु भएर २०६९ सालमा समुदायमा हस्तान्तरण भएको हो । ३०५ हेक्टर क्षेत्रफल रहेको वनको हाल ७१४ उपभोक्ता रहेको सामुदायिक वनकी सचिव दुर्गामाया मगरले बताए ।