१५ कार्तिक, धरान । आगामी मंसिर १४ गते हुने लागेको उपनिर्वाचनमा (चुनाव) धरान उपमहानगरपालिकाको मेयर उम्मेदवारका लागि नेकपा धरान कमिटिले ३ जनाको नाम सिफारिस गरेको छ।
पार्टी कार्यलयमा शुक्रबार बसेको नेकपाको स्थानीय कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य बेणु काफ्लेकाे नाम सिफारिस गरेकाे हाे ।
नेकपा केन्द्रीय कमिटीले कार्तिक १० गते भित्र उम्मेदवारको नाम सिफारीस गर्न मातहतका कमिटीलाई निर्देशन दिए पनि आकाक्षीहरु धेरै भएको कारण पटकपटकको बैठकबाट पनि उम्मेदवारको टुङ्गो लगाउन सकेेको थिएन । सिफारिस गरिएको नाम जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेर उमेदवारको टुङ्गो लाग्नेछ ।