‘मूलगेटमै बसेर नेविसंघलाई विधानअनुसार चलाउन मागसहित नारा लगाइरहेका थियौँ’, सहभागी एक विद्यार्थी नेताले भने, ‘गाडीबाट ओर्लिएपछि देउवा कार्यालयतर्फ छिर्दै गर्दा हामीतिर औँला उठाउँदै मुख छाड्नु भयो ।’
सानेपामा कुन्दनराज काफ्ले समूहका विद्यार्थीहरू प्रदर्शनमा उत्रेका थिए। देउवाले नेविसंघमा ५० वर्षका राजीव ढुंगानालाई सभापति बनाउन खोजेपछि पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको अगुवाइमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए ।
‘नाराबाजी गरिरहेका हामीतिर औँला ठड्याउँदै देउवाले अश्लील शब्दसमेत प्रयोग गरेर गाली गर्नुभयो’, ती विद्यार्थी नेताले भने, ‘त्यसपछि हामीले प्रतिरोध गर्दै पार्टी कार्यालय भित्रैसम्म नाराबाजी गर्दै गयौँ ।’
कुन्दन काफ्ले समूहका विद्यार्थीहरूले देउवालाई घेरेर नाराबाजी गरेका थिए। उनीहरूले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए । थाहा खबरबाट