ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान – Satabdi News

ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए ।

उनले आइतबार क्रिकेट संघमा राजीनामा बुझाएका थिए । पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका निभाएका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए । यस्तै क्रिकेट संघले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ । ज्ञानेन्द्रको कप्तानीमा नेपालले अब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टोलीसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टिमको कप्तान" A few seconds ago

सम्बन्धित खवर