दैनिक कति पटक कफि पिउने – Satabdi News

दैनिक कति पटक कफि पिउने

१३ कार्तिक । तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ ।

कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन सक्छौँ ।

गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दैनिक कति पटक कफि पिउने" A few seconds ago

सम्बन्धित खवर