डाँगीहाट निलो सडनडेथमा पराजित – Satabdi News

डाँगीहाट निलो सडनडेथमा पराजित

बेलबारी । डाँगीहाट फुटबल क्लब निलोलाइ हराउँदै ब्वाइज युनियन काठमाण्डौ तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । डाँगीहाट फुटबल क्लब निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियनले सेमिफाइनलमा स्थान बनाएको हो ।

मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको मंगलबारको खेलमा निर्धा्रित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएको थियो । निकै प्रतिष्पर्धात्मक खेल बराबरी पछि भएको ट्राइबेकरमा समेत दुवै टिम बाट ४–४ गोल भएपछि भएको सडन डेथमा डाँगीहाट निलोलाई २–१ गोलले पराजित गर्दै ब्वाइज युनियनले सेमिफाइनलमा स्थान बनाएको हो । ब्वाइज युनियनका तर्पन कार्की म्यान अफ द म्याच घोषित हुदै नगद ५ हजार प्राप्त गरे । बुधबार पाँचथर क्लब पाँचथर र डाँगीहाट फुटबल क्लब मोरङ रातो बिच अन्तिम क्वाटरफाइनल प्रतिष्पर्धा हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिए । यस अघि चर्च ब्वाइज क्लब काठमाण्डौ र धरान फुटबल क्लब सुनसरीले अन्तिम चारमा स्थान बनाइसकेका छन ।
प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फरवाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्येकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "डाँगीहाट निलो सडनडेथमा पराजित" A few seconds ago

सम्बन्धित खवर