गोरु काटेको आरोपमा एक महिला पक्राउ – Satabdi News

गोरु काटेको आरोपमा एक महिला पक्राउ

बेलबारी, बेलबारी नगरपालिका वडा नं ०४ काकुम स्थित एक घरमा गोरुको काट्दै गरेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बिहान करिब ९ बजेको समयमा गोरु काट्दै गरेको ५ जना मध्ये प्रहरीले एक महिलालाई मात्र पक्राउ गरेको छ । बाकी अन्य चाहिँ फरार रहेको प्रहरीले जानकारी दिएको छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी ०४ काकुम बस्ने ३४ वर्षीय शोभा राईलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका राईलाई थप अनुसन्धान र कानुकी कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गोरु काटेको आरोपमा एक महिला पक्राउ" A few seconds ago

सम्बन्धित खवर