समाजवादी पाटी प्रदेश नं. १ को समायोजन ८ गते हुने – Satabdi News

समाजवादी पाटी प्रदेश नं. १ को समायोजन ८ गते हुने

बेलबारी । समाजवादी पाटीको प्रदेश नं. १ को समायोजन यहि कार्तिक ८ गते हुने भएको छ ।
धरान स्थित चुम्लुङ भवनमा समायोजन कार्यक्रम गर्ने तय भएको पाटी समायोजन कार्यदलले जनाएको छ । समायोजन कार्यक्रममा पाटीका शिर्ष नेताहरुको उपस्थिती रहने बताइएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपाल बिच एकता भएको लामो समय भइसक्दा पनि प्रदेश नं. १ को समायोजन हुन सकेको थिएन् ।

समाजवादी पाटीको प्रदेश नं. १ को अध्यक्ष तत्कालिन संघीय समाजवादी फोरम नेपालका तर्फबाट र मुख्य सचिव तत्कालिन नयाँ शक्ति पाटी नेपालको तर्फबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी पाटी प्रदेश नं. १ को समायोजन ८ गते हुने" A few seconds ago

सम्बन्धित खवर