डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश { तस्बिर सहित }

२३ मंसिर, केराबारी । केराबारी -९ कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगितामा डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको चौथो दिनको खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २ –१ गोल अन्तरले पराजित गर्दै डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । डागीहाटको तर्फबाट पहिलो हाफको २३ औ

अध्यक्ष सहित पाँच जनलाइ क्याम्पस् प्रवेशमा निषेध

२३ मङ्सिर, इटहरी । जनता बहुमूखी क्यम्पस इटहरीका बिद्यार्थी सङ्गठनहरूले अध्यक्ष सहित पाँच जनलाइ क्याम्पस् प्रवेशमा निषेध गरेका छन् । निषेध पर्नेहरुमा क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रेवती रमण भण्डारी, क्याम्पस प्रमुख भोजराज श्रेष्ठ तथा सहायक क्याम्पस प्रमूखहरु गिता अधिकारी, युवराज सिटौला र तोललनाथ काफ्ले रहेका छन । आइतबार आयोजित बृहत

पञ्जीकरण विभागले ६ सय कर्मचारी माग्यो

२३ मंसिर,  काठमाडौँ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले  ६  जिल्लाको लागि ६ सय जना कर्मचरीको माग गरेको छ । राष्ट्रिय परिचय पत्र वितरण कार्यका लागि विभागले करारमा कर्मचारी माग गरेको हो । झापा, ललितपुर, कञ्चनपुर, संखुवासभा, गुल्मी र चितवनका लागि आवेदन गरिएको विभागले जनाएको छ । योग्यता पुगेका

बेलबारी फूटबल क्लब सेमिफाइनलमा प्रवेश

२२ मंसिर, केराबारी । केराबारी -९ कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगितामा बेलबारी फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई १–० गोल अन्तरले अन्तरले पराजित गर्दै बेलबारी फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले १

जनता बहुमुखी क्याम्पस इटहरीका पाच विद्यार्थी नेता पक्राऊ

२२ मङ्सिर, इटहरी । जनता बहुमुखी क्याम्पसका पाँच विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसको पठन पाठन विग्रिने गरी महोत्स्सब सत्र्चालन गरेको भन्दै विरोध जनाए थिए । विद्यार्थी नेताहरू सहदेव काफ्ले, किरण विषट, सागर धमला, संगित सन्तोष र प्रविण दाहाल लाइ प्रहरीले नयन्त्रणमा लिएको हो । यस अघि विद्यार्थी

कोहलपुरमा प्रहरीले कुट्यो स्कूले बालबालिका, निर्दयीपनको पराकाष्ठा

२२ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीबाट स्कुले बालबालिकाहरु कुटिएका छन् । आमनागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै निरापराध स्कूले बालबालिकाहरु कुटिएका हुन् । सडकमा हिँड्दै गरेका साना साना कलिला बालबालिकाहरुलाई हात समातेर कुटिएको तस्वीरहरु सार्वजनिक भएका छन् । कुटाईबाट कति विद्यार्थीको टाउको नै फुटेको छ । स्कुले

इटहरीको बिगबार रेष्टुरेन्टमा आगलागी,४ करोड भन्दा बढीको क्षति

२२ मंसिर, इटहरी ।पूर्व पश्चिम लोकमार्ग अन्तरगत इटहरीकाे मुख्य चाैकमा अवस्थित सुर्य कम्प्लेक्सको बिगबार हाेटलमा शनिबार मध्यरातकाे १२ बजे आगलागी भएको छ । इटहरी चोकबाट पश्चिमलाइनमा रहेकाे उक्त हाेटलमा बिद्युत सर्टभइ आगलागी भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । आगलागिबाट ४ कराेडकाे भन्दा बढीको क्षति भएकाे बिगबारका सञ्चालक किरण

सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश

२१ मंसिर, केराबारी । केराबारी–९ कुसुमेमा जारी कुसुमे उद्यौली फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको दोस्रो दिनको खेलमा लेटाङ फुटबल क्लबलाई २–३ गोलको अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो । सशस्त्रको तर्फबाट योगेश बुर्जाले १ गोल र आकाश

सरस्वती बचाउ अभियानले पायो सफलता , पत्रकार सम्मेलन मार्फत; हिसाब किताब सार्वजनिक

२१ मंसिर, बेलबारी। मोरङको बेलबारी ४ निवासी मिर्गौला बिरामी सरस्वती गुरुङको नाममा संचालित सरस्वती बचाउ अभियान सफल भएको छ। समाजमा विभिन्न नाममा संचालन हुँदै आएको बचाउ अभियानहरु अपेक्षा अनुरुप सफल नभएको परिपेक्षमा बिगत २ बर्ष देखि दुवै मिर्गौला समस्याबाट ग्रसित सरस्वती गुरुङ बचाउ अभियानले सार्थकता पाएको हो । करिब २

बिर्तामोड सडक खण्डमा बस दुर्घटना, १३ घाईते

२१ मंसिर, बिर्तामोड । पूर्वापश्चिम लोकमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज शनिबार विहान बस दुर्घना भएकाे छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन् । झापाको दमकबाट बनभोजका लागि इलामको कन्याम हिँडेको ना. ६ ख ६१८१ नम्वरको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते