२२ मंसिर, इटहरी ।पूर्व पश्चिम लोकमार्ग अन्तरगत इटहरीकाे मुख्य चाैकमा अवस्थित सुर्य कम्प्लेक्सको बिगबार हाेटलमा शनिबार मध्यरातकाे १२ बजे आगलागी भएको छ ।
इटहरी चोकबाट पश्चिमलाइनमा रहेकाे उक्त हाेटलमा बिद्युत सर्टभइ आगलागी भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । आगलागिबाट ४ कराेडकाे भन्दा बढीको क्षति भएकाे बिगबारका सञ्चालक किरण कुमार बुढाथाेकिले बताए ।
आगाेलाई नियन्त्रण गर्न इटहरी, विराटनगर, सुन्दरहरैचा, धरान, इनरूवाका वारूणयन्त्रको प्रयोग गरिएको थियो । करीब साढे ३ घण्टापछि आगो नियन्त्रणमा आएको थियाे ।
चौथो तलामाथी लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई हमेहमे परेको थियो । गत ०७५ माघ दखि हाेटलकाे स्थापना भएकाे थियाे ।