सरस्वती बचाउ अभियानले पायो सफलता , पत्रकार सम्मेलन मार्फत; हिसाब किताब सार्वजनिक – Satabdi News

सरस्वती बचाउ अभियानले पायो सफलता , पत्रकार सम्मेलन मार्फत; हिसाब किताब सार्वजनिक

२१ मंसिर, बेलबारी। मोरङको बेलबारी ४ निवासी मिर्गौला बिरामी सरस्वती गुरुङको नाममा संचालित सरस्वती बचाउ अभियान सफल भएको छ।

समाजमा विभिन्न नाममा संचालन हुँदै आएको बचाउ अभियानहरु अपेक्षा अनुरुप सफल नभएको परिपेक्षमा बिगत २ बर्ष देखि दुवै मिर्गौला समस्याबाट ग्रसित सरस्वती गुरुङ बचाउ अभियानले सार्थकता पाएको हो ।

करिब २ वर्ष देखी मिर्गौलाको बिरामीबाट मृत्युसँगै जुद्धै आएकी सरस्वतीको सफल शल्यक्रिया भएको हो ।

सरस्वती गुरुङ बचाउ अभियान समितिले शनिवार बेलबारी १ स्थित तमु बुद्ध गुम्बामा पत्रकार सम्मेलन मार्फत मिर्गौला प्रत्यारोपण गरेर सरस्वतीलाई बचाउन सफल भएको जनाएका छन् । सरस्वतीको दुवै मिर्गौलाले काम गर्न छाडे पछि डक्टरको सल्लाह अनुसार मिर्गौला प्रत्यारोपण गरिएको हो ।

कमजोर आर्थिक अवस्था रहेको गुरुङ परिवारले उपचारको क्रममा आफू संग भएको जग्गा साथै एउटा ट्र्क पनि बेची सकेका छन । सरस्वतीकी श्रीमान मनबहादुर गुरुङले आफू संग भएको सबै सम्पत्ति सकिएता पनि श्रीमतीले नयाँ जीवन पाएकोमा खुशी ब्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै मनबहादुरले सरस्वती गुरुङ बचाउ अभियान समिति, आर्थिक सहयोग गर्ने व्यक्ति तथा सबै संघसंस्था साथै सबै सञ्चारकर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘मेरो कलिलो छोरालाई टुहुरो हुनबाट बचाउनु भयो, सबैलाई धेरै धन्यवाद दिन चाहन्छु ।

सरस्वती बचाउ अभियानका अध्यक्ष मनकुमार गुरुङले सरस्वतीको दीर्घ जीवनको कामना गर्दै एक वर्ष अगाडिबाट सुरु गरेको सरस्वती बचाउ अभियान सफलता पूर्वक सम्पन्न भएको बताएका छन् । अध्यक्ष गुरुङले सरस्वती गुरुङलाई बचाउन देश विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘तपाईँ हाम्रो सानो सहयोगले सरस्वतीको जीवनलाई बचाउन सक्यौ ।’ अध्यक्ष गुरुङले सरस्वती बचाउ अभियान समिति विगठन भएको पनि औपचारिक घोषणा गरेका छन् ।

सरस्वती बचाउ अभियानमा रु.३८ लाख ७७ हजार १ सय ७३ रुपैयाँ सङ्कलन भएको छ भने रु.३८ लाख ७० हजार ३ सय ४५ उपचारमा खर्च भएको सरस्वती बचाउ अभियान समितिले जनाएको छ । समितिका अनुसार रु.६ हजार २८ रुपैयाँ रकम बचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरस्वती बचाउ अभियानले पायो सफलता , पत्रकार सम्म..." A few seconds ago

सम्बन्धित खवर